माअाेवादी केन्द्रका उम्मेदवार एवं विनाविभागीय मन्त्री शिव कुमार मण्डलसँगै चुनाव प्रचारमा हिँडेका नेपाली सेनाका जमदार रोमबहादुर बुढाकाे अकस्मात निधन हुन पुगेकाे छ ।

दिनभरि चुनावी कार्यक्रमबाट राति साढे ११ बजे फर्केका जम्दार बुढाकाे अकस्मात निधन भएकाे हाे । विनाविभागीय मन्त्री शिवकुमार मण्डल, नेपाली प्रहरीका सइ कृष्ण बुढाथोकी, मन्त्रीका गाडी चालक र जमदार बुढासँगै खाना खाए।

खाना खाइसकेपछि सइ बुढाथोकी र जमदार बुढा सुत्न गए। दुवै जना एउटै बेडमा सुते। राति करिब एक बजे तिर जमदार बुढाले ‘घ्यार घ्यार…’ गरेको सुनेपछि सइ बुढाथोकी उठेर सबैलाई बोलाए।

बुढाको अवस्था नाजुक भएपछि तत्कालै उनलाई अस्पताल लगिएको विना विभागीय मन्त्री एवम् मोरङ पाँचका प्रतिनिधि सभाका उम्मेदवार शिवकुमार मण्डलले जानकारी दिए।

मन्त्री मण्डलले विराट नर्सिङ होम पुर्‍याएपछि मृत्यु भएको बताए। दैलेख घर भएका जमदार बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार