अाज बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा शक्तिशाली बम विस्फोट भएको छ ।
बुधबार विहानै प्रधानमन्त्री निवासको २ नम्बर गेटमा शक्तिशाली बम पड्किएको बताइएको हाे । पहिलो पटक बलुवाटारमा बम विस्फोट भएको हो ।
मानिसहरु मर्निङवाकमा निस्किरहेको बेला विहान करिब ६ बजेतिर बम विस्फोट भएको बताइएको छ ।
अहिले बालुवाटर क्षेत्रमा तनाव उत्पन्न भएको छ । प्रधानमन्त्री निवासको गेटमा रहेका सुरक्षाकर्मी समेत बम विस्फोट हुँदाभित्र पसेको स्थानीयले बताएका छन् । बम विस्फोटको जिम्मा कसैले लिएको छैन ।
हिजो दिउँसो मात्र प्रधानमन्त्री सहभागी कार्यक्रम र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बम विस्फोट भएका थिए ।
मंगलबार मात्र देशैभरि मुख्य नेतृत्व सहभागी भएका कार्यक्रमहरूमा बम विस्फाेट भएका थिए ।







