दाेस्राे चरणकाे निर्वाचन नजिकिदै गर्दा  निर्वाचनमा खडा भएका उम्मेदवारहरू असन्तुष्ट जनताकाे अाक्राेशकाे निशाना बनिरहेका छन् ।

यसै क्रममा कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा बिहीबार आगजनी भएको छ । बिहान साढे ३ बजेतिर अज्ञात समुहले निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभाका उम्मेदवार रतन थापाको गाडीमा आगजनी गरेको हो ।

प्रहरीका अनुसार लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी भएको हो ।

त्यो गाडी थापाले चुनावी प्रचारका लागि प्रयोग गरिरहेका थिए । आगजनीमा संलग्नहरुको खोजी भइरहेको ईलाका प्रहरीले बताएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार