
यसपटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख संसदीय पार्टीहरुले कतिसम्म पैसोको खोलो बगाएका होलान् भनेर अनुमान गर्नसमेत गाह्रो भएको छ ।
केही दिन अघि अलनाइनखबरका संवाददाता मातृका पौडेलले आधा दर्जन जिल्लाको उम्मेदवारहरुको चुनावी रिपोटिन गरेर एउटा तयार पारेका थिए । त्यो रिपोटिनमा
उनले आर्थिक खर्चबारे एउटा गजबको तर निकै गंभीर प्रकृतिको रिपोर्ट तयार पारेका थिए । जुन उनले रिपोर्टमा देशैभरि औसतमा उम्मेदवारहरुले ५० करोडदेखि एक,दुई अर्ब र त्यो भन्दा पाँच अर्बसम्म पनि खर्च गरिएको देखाएका छन् ।
उनको रिपोर्टको निश्कर्ष थियो, दुईदेखि पाँच अर्ब पैसा नहुनेहरुले उम्मेदवार उठ्ने होइन कि झोले राजनीति गनुपर्छ । चुनावी खर्चमात्र उम्मेदवारहरुले अबौं खर्च त गरिरहेका छन् नै त्यो बाहेक उनीहरुले विज्ञापनमा समेत करोडौ होेइन अबौं खर्च गरेको पछिल्लो घटनाले देखाएको छ ।

प्रमुख संसदीय पार्टीमा कांग्रेस र एमालेले नेपालका प्रमुख विग हाउसका प्रिन्ट मिडिया र अनलाइन मिडियामा एकहप्तादेखि ठूल्ठूला चुनावी प्रसारको विज्ञापन प्रचार गरिरहेका छन् ।
अझ उनीहरुले बढी खर्च अनलाइन मिडियाहरुमा गरिरहेका छन् । कान्तिपुर दैनिक, अन्नपूर्ण दैनिकलगायत आधा दर्जन विग हाउसका अनलाइन मिडियामा उनीहरुले आफ्नो पार्टीको प्रचार गरिरहेका छन् ।
झन्डै अाधा महिनादेखि कांग्रे र एमालेले गरेकाे भड्किलाे विज्ञापनले सर्वसाधारणले जिब्राे टाेक्ने खालकाे छ । उनीहरूले दिनमा कम्तिमा विज्ञापनमा मात्र कराेडकाे हारहारारीमा खर्च गरेका छन् ।

‘कांग्रेसकाे नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिकाे अभियान’ नाम दिएर नेपाली कांग्रेसले पार्टीकाे मुख्य विज्ञापन बनाएकाे छ । यता एमालेले ‘सुखी जनता, समृद्ध नेपाल, सुशासन र स्थिरताका लागि वामपन्थी सरकार’ नारा दिएर मुख्य विज्ञापन बनाएकाे छ ।
प्रत्येक मुख्य मुख्य अनलाइन मिडियाहरूमा यी पार्टीहरूकाे विज्ञापनकाे स्वरूप हेर्दा पाठकहरूलार्इ नै अत्यासलाग्दाे छ । साइट अाेपन गर्नेदेखिि, समाचार अाेपन गर्दासम्म विज्ञापनै विज्ञापनले भरिएकाे यी पार्टीहरूकाे भड्किलाे चुनावी खर्चले अन्तत त्यसकाे मार सर्वसाधारण नै पर्ने निश्चित छ ।
अनलाइनखबर, सेताेपाटी, राताेपाटी, इकान्तिपुर, अन्नपूर्ण, पहिलाेपाेष्ट, बाह्रखरीलगायत दर्जनाैं अनलाइन पत्रिकामा यी दुर्इ पार्टीकाे भड्किलाे विज्ञापनले समाचार हेर्ने हरेक पाठकलार्इ निरशा बनाउने खालकाे छ ।
सर्वसाधारणहरू चिसाेले कठ्याङग्रिदै गर्दा यी दलहरूकाे दिनमा खर्च हुने कराेडकाे विज्ञापनले चुनावपछि त्यसकाे प्रत्यक्ष मार सर्वसाधारणाले भाेग्नु पर्ने निश्चित छ ।









