नेपाल कम्युनिस्ट पार्टी प्युठानले आफ्ना गिरफ्तार नेता कार्यकर्ता र शुभचिन्तक जनताको गिरफ्तारीका विरुद्ध मंसीर १६ गते जिल्ला बन्दको घोषणा गरेको छ ।

पार्टीको निर्वाचन खारेज अभियानका क्रममा शान्तिपूर्ण तबरले कार्यक्रम गरिरहेको भएपनि सरकारले आफ्ना निसशस्त्र र निहत्या कार्यकर्ता, शुभचिन्तक जनताहरुलाई गिरफ्तार गरेर फासिवादी दमन गरेको भन्दै पार्टीले बाध्य भएर जिल्ला बन्दको आव्हान गरेको बताएको छ ।

नेकपा प्युठानका जिल्ला इन्चार्ज विस्फोटद्धारा जारी विज्ञेप्तीअनुसार मंसीर १६ को जिल्ला बन्दलाई सफल पारिदिन जिल्लाका उद्योग, व्यापार, स्कुल, यातायातहरु बन्द गरेर आफ्नो आन्दोलन सफल बनाइदिन आग्रह गरिएको छ ।

प्युठान इन्चार्ज विस्फोटद्धारा जारी विज्ञेप्तीको पूरा पाठ ः

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला दलाल संसदीय व्यवस्थाले लादेको कथित प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन खारेजीको अभियानमा जुटेको छ । सरकारले राज्यको स्रोत साधनको दुरुपयोग गरी नेकपाका नेता, कार्यकर्ता , समर्थक र शुभचिन्तकलाई आस्थाको आधारमा छापामार शैलीमा अपहरण गरी थुनामा राखेको छ । सरकार, यहाँको दलाल प्रशासन र उसका भराैटेहरूको जनता माथि भइरहेको नांगो र फासिस्ट दमनको पार्टीले घोर भत्सर्ना गर्दछ ।

प्यूठानको प्रशासनले आफ्नो पेशामा आबद्ध शिक्षक, कर्मचारी, पत्रकार र सर्वसाधारणलाई समेत अमानवीय तरिकाले अपहरणको शैलीमा गिरप्तार गरी थुनेको छ । पुजीवादी संसदीय व्यवस्थामा प्राप्त हुने सिमित अधिकारलाई समेत बेवास्ता गरी जनताको बोल्न पाउने र विरोध गर्न पाउने अधिकारलाई कुण्ठित गरेको छ । संसदीय व्यवस्थामा चुनावमा सहभागी हुने र नहुने दुबै अधिकार हुन्छन् । सरकारले यो अधिकारको ठाडो उलङ्घन गरिरहेको छ । हिजो मात्रै माण्डवी गाउँपालिका वडा न. ४ बाट कर्ण बहादुर बिएम, छविलाल बाठा मगर, प्रकाश बाठा मगर र नवीन थापा मगरलाई विना कारण आफ्नै घरवाट गिरप्तार गरिएको छ ।

यतिबेला प्रत्येक र घरहरूमा प्रहरीको नांगो आतंक मच्चिएको छ । यहाँको प्रशासनको कालो आतंक र अमानवीय क्रुर दमनको विरोधमा र गिरप्तार गरिएकाहरूलाई विना सर्त सिघ्र रिहाइको लागि नेकपा प्यूठानले मंसिर १६ गते एक दिने प्यूठान बन्दको आव्हान गर्दछ । हाम्रो पार्टीले सम्पूर्ण उद्योगी, व्यापारी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी, समाजसेवी, यातायात व्यवसायी, शिक्षक कर्मचारी, शिक्षण संस्था सुरक्षाकर्मी, पत्रकार र मानव अधिकारकर्मी लगायत सम्पूर्ण जनसमुदायलाई बन्दलाई आ-आफ्नो क्षेत्रवाट सहयोग गरी सफल पारिदिनका लागि हार्दिक अपिल गर्दछौं ।

जिल्ला ईन्चार्ज (विस्फोट)

नेपाल कम्युनिस्ट पार्टी

जिल्ला समिति, प्यूठान

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार