अनलाइनडबली संवाददाता ।
पश्चिम रुकुमकाे अाठबिसकाेट नगरपालिका ११ मा अाज पुनः भइरहेको मतदान केन्द्र नजिक बम बिस्फोट भएको छ ।
बिहान ७ बजेदेख मतदान सुरु भएसँगै बम बिस्फोट भएको छ । मतदान केन्द्र नजिक २ वटा शक्तिशाली बम बिस्फोट भएपछि मतदाताहरु त्रसित भएका छन् । पश्चिम रुकुमकाे बाँफीकोट आठबिसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा १० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालेर जलेपछि पुनः मतदान भएको थियो ।
बाँफीकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतासैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदानमा अाज पनि प्रभाव पर्ने देखिएको छ ।
बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबिसकोटको मतपेटिकामा ३ सय ३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । खड्का कांग्रेसका कार्यकर्ता हुन् ।
उनी मतदान केन्द्रमा कांग्रेसको प्रतिनिधिको रुपमा खटिएका थिए । यसैविच कांग्रेस पनि चुनावमा सहभागि भएपनि मतदाताहरु खासै सहभागी नभएको त्यहाका स्थानीयले बताएका छन् ।







