
निर्वाचनकाे बेला बम विस्फाेट भइरहँदा भारतीय नागरिकबाट नेपाल प्रहरीले प्रेस कुकर बम बरामद गरेकाे छ ।
शुक्रबार विहान काठमाडौँ आउँदै गरेको एक भारतीय नागरिकले प्रेसर कुकर बम बोकेर आएको प्रहरीले भेटाएको छ । नियमित जाँचको क्रममा धादिङको नौविसे प्रहरीले बमसहित भारतीय नागरिक पक्राउ गरेको हाे ।
विहान काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसर कुकर बम र दुईवटा सकेट बमसहित भारत आछाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान अलीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय खानीखोलामा राखेर थप अनुसन्धान भइरहेको छ ।
दोस्रो चरणको चुनावको मिति नजिकिँदै जाँदा विभिन्न ठाउँहरुमा बम विस्फोट भइरहेकाे र नेकपालार्इ त्यसकाे दाेष दिइरहँदा भारतीय नागरिकबाट बरामद भएकाे साे घटनाले सबैलार्इ अचम्म बनाइदिएकाे छ ।







