संसदीय लोकतन्त्रमा निर्वाचनका नाममा कतिसम्म घृणित खेल हुन्छ भन्ने कुरा नेपाली जनता हेर्न अभिशप्त भएका छन् ।

करोडौं र अर्बौ पैसाको खोला बगाएर संसदीय पार्टीहरुले निर्वाचनमा खर्च गरिरहेको बेला हालै माओवादी केन्द्रका युवा नेताले मतदाता रिझाउन दशौं करोड बाँडेको रहस्य खोलेका छन् ।

सामाजिक संजाल फेसबुकबाट माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका नेताहरुले करोडौं रकम बाँडेको तथ्य पर्दाफास गरेका छन् ।

हिमाली जिल्ला पर्नेमा उनले जिल्लाको नाम उल्लेख गरेका छैनन्, तर त्यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबाट ८ करोड र ७ करोडका दरले मतदातालाई रकम बाँडेको तथ्य बाहिर सार्वजनिक गरेका हुन् ।

यस्तो तथ्यले नेपालका निर्वाचनमा उम्मेदवारबीच पैसाको कुस्ती भइरहेको भन्दै उनले यसले नेपाललाई कहाँ पुर्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

फेसबुमा न्यौपानेले यस्ताे स्टाटस  लेखेका छन् :

सुनेर झण्डै वेहोस् भएको
हिमाली जिल्ला (नाम उल्लेख गर्न मन लागेन) मा लोकतांत्रिक गठबन्धनका उमेद्वारले प्रति मतदाता 4 हजारका दरले 22 हजार मतदाता (रू 8,80,00,000) लाई पैसा बाँडेको र वाम गठबन्धनका उमेद्वारले प्रति मतदाता 5 हजारका दरले 15 हजार मतदाता (रू 7,50,00,000)लाई पैसा बाँडेको सुन्दा (पुरै प्रमाणित गर्न नसके पनि भर पर्दा तथ्य देखिएको छ) हामी चुनावमा छौं कि पैसावालहरूको कुस्तीमा ? खर्च गर्नै नहुने शीर्षकमा त यत्रो रकम खर्च गर्नेले अरू शीर्षकमा कति खर्च गरे होलान् ? र यसरी खर्च गरिएको पैसाको स्रोत के होला ? यसरी नै जित्ने हो भने राजनीति कता र कसको हातमा जाँदैछ ?! स्मरण रहोस् दुवै उमेद्वार ठेकेदार हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार