
राजधानीका दुर्इ ठाउँमा शुक्रबार साँझ शक्तिशाली बम विस्फाेट भएका छन् ।
बेलुकी करिब ६ः३० बजेतिर ललितपुरको कुपन्डोल र काठमाडौंको बुद्धनगर नजिक बम विस्फोट भएको छ ।
राजधानीकाे यूएन पार्क र ललितपुरकाे कुपन्डाेलमा शक्तिशाली बम विस्फोट भएपनि मानविय क्षति नभएको प्रहरीले बताएको छ ।
बम विस्फाेटपछि अनुसन्धानका लागि प्रहरी टोली परिचालन भइसकेको प्रहरीले जनाइएको छ ।
दाेस्राे चरणकाे निर्वाचन नजिकिदै गर्दा राजधानीमा दिनहु शक्तिशाली बम विस्फाेटले निर्वाचन नराम्राेगरी प्रभावित हुने विश्लेषकहरूले बताउन थालेका छन् ।







