प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका तनहुका उम्मेदवार प्रदीप पौडेलको घरमा आज राती शक्तिशाली बम विस्फोट भएको छ ।
कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाको बुढानिलकण्ठस्थित घर नजिकै शुक्रबार राती शक्तिशाली बम विस्फोट भएको थियो ।
उता तनहुमा कांग्रेसका युवा नेता एवं प्रदेससभाका उम्मेदवार प्रदीप पौडेलको घरमा आज विहान पौने ६ बजे शक्तिशाली बम विस्फोट भएको हो । शुक्ला गण्डकी नगरपालिका– ८ गणपतेस्थित उनको घरको आँगनमा बम बिस्फोट गराइएको छ ।
यस्तै ,कैलालीको टिकापुर–१ समितिपुरमा सिलिन्डर बम विस्फोट गराएको छ ।ठूलो आवाजमा विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
यता हिजाे शनिबार मात्र राजधानीकाे कुपण्डोलस्थित युएन पार्क, सतुंगल, सितापाइला लगायत काठमाडौँका चार स्थानमा पनि शक्तिशाली बम विस्फोट भएको स्थानीयले बताएका छन् ।







