कपिलवस्तुमा प्रचण्डले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै शक्तिशाली बम विस्फोट गराइएको छ ।
वाम गठबन्धनले शनिबार कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा आयोजना गरेको आमसभालाई सम्बोधन गरिरहेका बेला शक्तिशाली बम बिस्फोटपछि प्रचण्ड त्यहाँबाट हतार हतारमा निस्किए ।
बम विस्फाेटपछि अातंकित भावमा भाषण गरेका प्रचण्डले विप्लवहरूले अाफुहरूलार्इ हैरान पारेकाे बताए ।
‘यी विप्लवले पनि गरी खानै दिने भएनन्, के गर्ने होला ?’ भन्दै उनी सभाबाट बाहिरिएका थिए । त्यसलगत्तै सभा समेत समापन गरिएकाे थियो ।
सभा नजिकै ठूलाे विष्फोटको आवाजपछि सभामा आएका सर्वसाधारणहरूमा भागाभाग भएको थियाे । यद्यपी कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
निर्वाचन नजिकिदै गर्दा देशव्यापी रूपमा शक्तिशाली बम बिस्फाेटपछि उम्मेदवार र उनका कार्यकर्ताहरू अातंकित बन्न थालेका छन् ।







