
उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्जामा शक्तिशाली बम विस्फोट गरिएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहकाे श्रेष्ठ चुनाव प्रचार प्रसारमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ८ ढापुक पुगेकाे बेला श्रेष्ठको गाडीलाई लक्षित गरी बम विस्फाेट गरिएकाे थियाे ।
सुरक्षाकर्मीको गाडी क्रस भइसकेको र श्रेष्ठको गाडी त्यस ठाँउमा आइनपुग्दै विस्फोट भएकाले कुनै क्षति नभएको नेता श्रेष्ठका नीजि सचिवले जानकारी दिएका छन् ।
विस्फोटपछि त्यस क्षेत्रमा सुरक्षाव्यवस्था कडा पारिएको प्रहरीले जनाएकाे छ ।







