अनलाइनडबली संवाददाता ।

निर्वाचनको मिति अाउन मात्र पाँच दिन बाँकी रहँदा माओवादी केन्द्र सल्यानको विवाद पनि उत्कर्षमा पुगेको छ । जिल्ला पार्टीले प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई कारवाहीको सिफारिस गरेपछि मतदाता अन्यौलमा परेका छन् ।

उम्मेदवार तथा पार्टीका केन्द्रीय सचिवालय सदस्य सदस्य समेत रहेका टेकबहादुर बस्नेतसहित ५ जना पोलिटब्युरो सदस्यलाई कार्बाहीका लागि सल्यान पार्टीले सिफारिस गरेको हो । जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छहारी’ले एक विज्ञप्ति जारी गर्दै एक जनालाई जिम्मेवारीबाट हटाएका छन् । विनाविभागीय मन्त्री समेत रहेका नेता बस्नेतमाथिको कारवाहीले उनको चुनावी अभियानमा ठूलो धक्का लागेको छ ।

सल्यानमा पार्टी विभिजित गर्ने गतिविधिमा प्रत्यक्ष संलग्न भएको भन्दै बिनाबिभागिय मन्त्री समेत रहेका केन्द्र सचिवालय सदस्य तथा बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेत, पोलिटब्युरो सदस्यहरु नेव बहादुर कवर (विवेक), कृतिबहादुर पुन –प्रकाण्डसिंह), रमेश मल्ल (आदर्श), र रत्नबहादुर ओली (तुफानसिंह) लाई पार्टी विधान बमोजिम हँदै सम्मको कारवाहीको लागि जिल्ला पार्टीले केन्द्र र प्रदेशमा सिफारिस गरेको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना नै गरेर जिल्ला पार्टीले उम्मेदवार सेमत रहेका बस्नेतलाई कारवाही गरेपछि मतदाता अन्यौलनमा परेका हुन् ।

केही दिनअघि मात्रै नेता बस्नेत समूहले जिल्ला संयोजक बुढालाई कारवाहीको लागि सिफारिस गर्दै अर्का नेता नेपबहादुर केसीलाई संयोजक घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार