राजधानीनका तीन स्थानमा शक्तिशाली बम विस्फाेट भएका छन् भने उता भक्तपुरमा एमाले नेता महेश बस्नेतकाे घरमा बम फेला फरेकाे छ ।
काठमाडौकाे नागर्जुन नगरपालिका-१ ढुङ्गेधारा मतदान केन्द्रमा २ वटा शक्तिशाली बम विष्फोट भएकाे बताइएको छ । स्थानीयका अनुसार मतदान केन्द्र नजिकै दुई पटक ठूलो अावाजमा बम विस्फाेट भएको थियो ।
त्यसैगरी अाइतबार साँझ नै काठमाडौकै साँखुकाे मुख्य बजारमा नै शक्तिशाली बम विष्फोट भएको छ । साँखुमा बम विष्फोट पछि केही घन्टा बजारमा जाम भएकाे बताइएको छ ।
उता भक्तपुरमा नेकपा एमालेका युवा नेता भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेताको घरमा बम भेटिएको छ । भक्तपुरको गुण्डुमा रहेको नेता महेश बस्नेतको घरको गेटमा अज्ञात समूहले बम राखेकाे स्थानीयले बताएका छन् ।
आइतबार बेलुका ८ बजे बस्नेतको घरको बाहिरको गेटमा नयाँ ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीय सुरक्षाकर्मी त्यहाँ पुगेका थिए ।
बस्नेतकाे घरमा पुगेको नेपाली सेना र प्रहरीको टोलीले राति ९ बजे बमलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।







