कैलालीमा प्रधानमन्त्री शेरबहादुर देउवा बास बसेको होटल बाहिर शक्तिशाली बम भेटिएको छ ।
धनगढीको होटल डिभोटी अगाडि रहेको राष्ट्र बैंक अगाडीको पुल नजिकै बम फेला परेको पत्रकार उन्नती चौधरीले जानकारी दिइन् । उनका अनुसार बम राखेकाे जानकारीपछि नेपाली सेनाको बम बिस्पाेजल टोली घटनास्थल पुगेको थियाे ।
कांग्रेस सभापति समेत रहेका देउवा चुनावी प्रचारको क्रममा सुदूरपश्चिमको भ्रमणमा छन् । अाइतबार राति उक्त होटलमा देउवा बास बसेका थिए ।
यसैगरी धनकुटामा सोमबार बिहानै विस्फोट र फाइरिङको घटना भएको छ । बिहान करिब पौने चार बजे विस्फोटक पदार्थ विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोट भएको करिब आधा घण्टापछि पुन: फाइरिङ भएको आवाज आएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताएका छन् ।







