
डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाको कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो झण्डा र साइनबोर्ड राखेको छ ।
दलाल पुँजीवादी संसदीय राज्यको विरोध गरेको भन्दै गाउँपालिकाका कार्यालयमा सरकारका झण्डा तथा बोर्ड कुच्चाएर आफ्नो झण्डा राखेका छन् । मुड्केचुला र जगदुल्ला गाउँपालिका कार्यालयमा नेकपाको झण्डा र गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय लेखिएका तुल राखिएका छन् ।
स्थानीय सरकारका बोर्डहरु सबै तोडफोड गरि नेकपाको बोर्ड राखेको स्थानीयहरुले जानकारी दिएका छन् ।

गाउँपालिकामा नेकपाकाे झण्डा ।








