जानकी दहित, दाङबाट ।
दाङमा स्थानीयहरूद्धारा मतदान केन्द्रलार्इ नियन्त्रणमा लिएका छन् ।
दाङकाे शान्तिनगर गाउँ पालिका सरस्वती निमावि बाघखोर मतदान केन्द्रलाई स्थानीय जनताले कब्जामा लिएर चारैतिर घेराबन्दी गरेका छन् ।
बिहानैदेखि सरस्वती निमावि मतदान केन्द्र बाघखोर स्थानीयको घेराबन्दीमा परेपछि त्यहाँ शुन्य मतदान हुन खसेकाे छ ।
पुरानै संसदीय व्यवस्थाको चुनावप्रति जनताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि त्यहाँ अहिलेसम्म एक जना पनि मतदान हाल्न नगएको स्थानीयले बताएका छन् ।







