मतपेटिका बोकेको गाडीलाई लक्षित गरी डडेल्धुरामा बम विस्फोट गरिएको छ ।
शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो । विस्फाेटपछि गाडीमा रहेका कर्मचारीहरूबस्च भागाभाग भएकाे थियाे ।
विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय जोगबुडाले बताएको छ । मतपेटिका भने सुरक्षित रहेको प्रहरीकाे भनार्इ छ ।
अहिलेसम्म १ सय १७ वटा मतदान केन्द्रमध्ये ७६ मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइएको छ भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको निर्वाचन कार्यालयले बताएकाे छ ।
अहिलेसम्म सबै मतपेटिका जिल्ला सदरमुकाम अाइ नपुगेका कारण मतगणना अझै ढिलो हुने बताइएको छ ।







