माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय दलाल भनेर गंभीर आरोप लगाएका छन् ।

प्रचण्डले ०६५ सालतिर पार्टीको एक आन्तरिक कार्याक्रममा ओलीलाई भारतीय विस्तारवादको दलालको संज्ञा दिएका छन ।

हालैको निर्वाचनमा वाम गठबन्धन बनाएर अगाडि बढिरहँदा प्रचण्डले ओलीलाई गंंभीर रुपमा भारतीय दलाल भनेको एउटा भिडियो क्लिप फेला परेको छ । एक मिनेटको त्यही भिडियो प्रचण्डले ओलीलाई प्रष्ट रुपमा भारतीय दलाल भनेका छन् ।

माधव नेपाल एमाले अध्यक्ष भएको बेला केपी ओलीलाई प्रचण्डले भारतको दलाल भनेका छन् ।

केपी ओली विदेशी दलाल हो । अझ सिधा रुपमा भन्ने हो भने भारतीय दलाल हो । प्रचण्डले भनेका छन्, केपी ओली पक्ष सिधै भारतीय दलाल हो । अझ भारतीय राजावादी दलाल हो ।

विगतमा यति तल्लो स्तरमा झरेर प्रचण्डले ओलीलाई लगाएको आरोपबारे ती दुई पार्टीका कार्यकर्ताहरु भने आश्चार्यचकित परेका छन् ।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार