नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाली जनताको आमुल परिवर्तनका विरुद्ध अगाडि आएको संसदीय व्यवस्थाको पतन अवश्यम्भावी भएको बताएका छन् ।

नेपालमा हाल दुई सत्ता र दुई सरकार रहेको अवस्थामा आफ्नो पार्टीले जनताको सत्ता र सरकारद्धारा पूरानो प्रतिक्रान्तिकारी संसदीय व्यवस्थालाई विस्थापित गर्ने उद्घोष गरेका छन् ।

‘यतिवेला नेपालमा दुई विश्वदृष्टिकोण, दुई सत्ता र दुई सरकारको अवस्था रहेको छ । आउँदा दिनहरुमा एउटा पुरानो संसदीय सत्तालाई नयाँ सत्ताले विस्थापित गर्ने तथा नयाँसत्ता विस्तार र सुदृढ हुने कुरामा कुनै शंका छैन ।’ महासचिव विप्लवले भनेका छन् ।

संसदीय निर्वाचनको मतपरिणाम आइरहँदा नेकपाका महासचिव विप्लवले अाफ्नाे पार्टीकाे ताजा धारणा व्यक्त गर्दै प्रतिक्रान्तिकारी संसदीय व्यवस्थाको पुर्नजन्मसँगै पतनको दिन पनि शुरु भएको बताएका छन् ।

महासचिव विप्लवले भनेका छन्- ‘साम्राज्यवादी दलाल पुँजीवादी, संसदवादी, आत्मसमर्पणवादी तत्वहरुले हामीलाई जति नै दमन गर्न खोजुन् । हाम्रो विरुद्ध भ्रमको खेती गरुन् र समाप्त गर्न खोजुन् अन्तिम विनास क्रान्तिकारी शक्तिको होइन प्रतिक्रियावादी शिविर कै हुनेछ ।’

दलाल संसदीय व्यवस्थाकाे विकल्पमा वैज्ञानिक समाजवाद नै एकमात्र विकल्प भएकाे महासचिव विप्लवले प्रष्ट रूपमा उल्लेख गरेका छन् ।

महासचिव विप्लव भन्छन्- ‘हाम्रो पार्टीलाई श्रमिक जनताको सुन्दर भविष्य, देशको स्वाधीनता, दीगो शान्ति, समृद्ध जीवन निर्माण गर्नुबाहेक अरु कुनै स्वार्थ र प्रभाव छैन । जसका लागि वैज्ञानिक समाजवादबाहेक अर्को विकल्प छैन । दलाल संसदीय व्यवस्थामा त्यो कदापी सम्भव छैन ।’

विप्लवले अब नेपालकाे क्रान्तिकारी अान्दाेलन नयाँ चरणमा जाने र प्रतिक्रियावादी सबैखाले व्यवस्थाकाे पतन अनिवार्य भएकाे बताएका छन् ।

‘यो खारेजी अभियान र प्रतिरोधदेखि नेपाली क्रान्ति, विद्रोह, क्रान्ति र परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ ।’ महासचिव विप्लवले भनेका छन्- ‘नेपाली जनतामाथि जबरजस्त संसदीय व्यवस्था थोपर्न खोज्ने प्रतिक्रियावादी, साम्राज्यवादी र आत्मसमर्पणवादी, विसर्जनवादी तत्वहरुको सपना ध्वस्त भएको छ ।’

प्रतिक्रान्तिकारी निर्वाचनका क्रममा नेपाली जनताले देशव्यापी रूपमा गरेकाे विद्राेहलार्इ प्रतिराेधकाे संज्ञा दिएका छन् ।

‘यो खारेज अभियान शान्ति प्रक्रियालाई धोकापूर्ण तरिकाले दलाल पुँजीवादी संसदीय व्यवस्था पुनस्र्थापना गर्ने र त्यसको आयु लम्ब्याउने गद्दारी विरुद्ध विद्रोह र प्रतिरोध हो । जुन कुरा माओवादी आन्दोलनको पूर्णअधिकारभित्र पर्दछ ।’ विप्लवले भनेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार