वरिष्ठ वामपन्थी साहित्यकार खगेन्द्र संग्रौलाले संसदीय राजनीतिमा कांग्रेस, एमाले र माओवादी केन्द्रलाई व्यापारीका संज्ञा दिएका छन् ।

उनीहरु सामन्तवादी संस्कृतिमा लिप्त र पुँजीवादमा चुर्लुम्ब डुबेको भन्दै यी व्यापारी पार्टीबाट नेपाली जनताले केही पनि नपाउने धारणा व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै संग्रौलाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

संग्राैलाले लेखेका छन् –

‘ढ्याके राजनीतिक दलहरूकाे चिन्तन, संस्कृति, संस्कार र संरचनामा सामन्तवादकाे अवशेष र भतुवा पूँजीवादकै बिगबिगी छ, तैपनि नेपाल अब “समाजवादी अर्थतन्त्रकाे दिशामा” लाग्याे भनेर राजनीतिका छटेल जाेतिषीहरूले अकिञ्चन राष्ट्रपतिका मुखबाट बकाउन भ्याइसके। यी झूटका बेपारीहरूसँग नसकिने भाे मान्यवर !’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार