वामपन्थी साहित्यकार खगेन्द्र संग्रौलाले एमाले माओवादी केन्द्रका कार्यकर्तालाई भेडा बगालको संज्ञा दिएका छन् ।

आफ्ना नेताहरु जे भन्छन्, त्यसैलाई आँखा चिम्लेर काम गर्ने दुई पार्टीका कार्यकर्ताहरु वास्तवमा भेडाका बगालजस्तै भएको भन्दै साहित्यकार संग्रौलाले त्यो निकै टिठलाग्दो भएको बताएका छन् ।

‘ठूलो तिक्तता भएका यी पार्टीबीचकोे गठबन्धन धेरै दिन टिक्ला, काम गर्ला जस्तो लागेको थिएन, तर काम गर्यो। एमालेले माओवादीलाई भोट हाल्लान्, माओवादीले एमालेलाई भोट हाल्लान् भन्ने लागेकै थिएन। चमत्कार भयो।’ संग्राैलाले भनेका छन्- ‘पार्टीका दुई जना हस्तिको निर्णय र आदेशमा समग्र पार्टी संयन्त्र भेंडाको बगालजस्तो लाइन लाग्यो। यो छक्क पार्ने कुरा हो।’

नेपालखबर अनलाइनसँगको कुराकानीमा संग्रौलालो एमाले र माओवादी केन्द्रबीच कुनै सैद्धान्तिक गठबन्धन नभएर पनि निर्वाचनमा देखिएको मत दुवै पार्टीका कार्यकर्ताहरुमा राजनीतिक चेत नभएकै कारण यस्तो स्थिति आएको बताएका छन् ।

केही अघिसम्म एमाले र माओवादी केन्द्रबीच ठूलो वैचारिक र राजनीतिक खाडल हुँदा हुँदै पनि रातारात देखा परेको गठबन्धनलाई संग्रौलाले त्यो नाटकीय र रहस्यमयका संज्ञा दिएका छन् ।

संग्रौलाले माओवादी केन्द्रसँग अहिले कुनै राजनीतिक मुद्धा नभएको भन्दै उसँग अहिलेको पैसाको मुद्धा मात्र भएको आरोप लगाएका छन् ।

त्यसैकारण माओवादी केन्द्र एमालेमा विलय हुन पुगेको संग्रौलाको भनाई छ ।

भिडियाे –

https://youtu.be/j93i5ap0tDU

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार