
नेकपाका पोलिटव्युरो सदस्य चन्द्रबहादर चन्द वीरजंग र नेकपा निकट जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियासहित पार्टीक एक दर्जन बढी नेता कार्यकर्ता आज रिहा भएका छन् ।
आज सोमबार काठमाडौबाट नेकपाका पोलिटव्युरो सदस्य वीरजंग र महासंघका महासचिव थपलियालाई झण्डै एक महिनाको प्रहरी हिरासतबाट रिहा भएका हुन् । उनीहरुलाई पाँच हजार धरौटीमा रिहा गरिएको छ ।
छोराको उपचारको लागि काठमाडौं अाएको बेला चुनाव विरोधी गतिविधमा लागेको अारोपमा प्रहरीले पाेलिटव्युराे सदस्य वीरजंगलार्इ मंसिर ८ गते बुढानिलकण्ठबाट गिरफ्तार गरेको थियो ।
जनसांस्कृतिक महासंघका महासचिव थपलीयालाई प्रहरीले मंसिर १ गते काठमाण्डौंका बागबजारबाट पक्राउ गरेको थियो ।
त्यसैगरी अाजै प्रहरी हिरासतबाट रिहा हुनेमा नेकपा धनकुटा इन्चार्ज आकाशसहित ११ जना नेता कार्यकर्ता रहेका छन् ।
निर्वाचन बहिष्कार (खारेज) अभियानका क्रममा नेकपाका झण्डै एक हजार नेता कार्यकर्ता गिरफ्तार भएका थिए ।







