करिब तीन हप्तापछि फेसबुकका मित्रहरुसँग जोडिन पाएको छु । यसबीचमा नेकपाले चुनावमा भाग नलिने निर्णय गरेपछि जिल्लातिरको भ्रमणमा थिए । पूरै सैनिक शक्ति लगाएर गरिएको चुनाव हेर्दा लाग्थ्याे देशमा सैनिक शासन लागु भएको छ ।

सत्ताका हिमायती मात्र संरक्षित देखिन्थे । जसले यिनको चुनावको विरोध गर्दथियो उसलाई यात किर्ते मुद्धा लगाएर जेल हालिएको थियो या अत्यन्त कडा निगरानीमा राखिएको थियो । म आफै पञ्चायतको अन्तिम कालतिर किर्ते मुद्धा खेप्दै सार्वजनिक अपराधअन्तरगत जेल बस्नु परेको थियो । अहिले पनि त्यसैगरी सयौ निर्दोष नागरिकहरुमाथि किर्ते मुद्धा लगाएर जेल हालिएको छ ।
हातहतियार तथा खरखजाना ऐनअन्तरगत प्राय देशैभर नागरिक थुनिएका छन् । यो देश तानाशाहहरुको यातना शिविरमा रुपान्तरण भएको अनुभव बटुलेर म आठमाण्डौ पर्के ।
जहाँसम्म निर्वाचनको परिणामको प्रश्न छ मैले वाम नाम गरेको गठवन्धन बनेकै दिन यसलाई केकेन भयो भनेर स्याल हुईया गर्नु वा नकारात्मक टिप्पणी गर्नु जरुरी छैन भनेर आफ्नो फेसबुकमा राखेको थिए । यसका ६ वटा फाइदा देखाएको थिए । ती थिए –
१) प्रतिक्रियावादी राज्यसत्ताका हिमायतीहरुको अन्तरविरोध बढाउँछ ।
२) दलीय शक्ति सन्तुलनमा बदलाव ल्याउछ ।
३) नेपाली कांग्रेस जो वर्तमानमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिक्रियावादको मुख्य केन्द्र हो यसलाई कमजोर बनाउछ ।
४) तीन दलीय सिण्डिकेटको अधिनायकवाद कमजोर बन्छ ।
५) माके-एमालेले कम्युनिष्ट आन्दोलनबारे फिजाइरहेको भ्रम हट्छ र
६) सच्चा कम्ययुनिष्ट क्रान्तिकारीकारीहरुलाई ध्रुवीकरणको निम्ति मद्धत पुग्छ ।
निर्वाचन परिणामले प्रतिक्रियावादीहरुको पूरानो नोकर साफ भएको छ र नयाँ नोकरहरु स्थापित हुन लागेका छन् ।यसले प्रतिक्रियावादी राज्य सत्ताभित्र नयाँ संकट खडा भएको छ। जतिसुकै सिट जितेपनि यो यो गठबन्धनले राज्यको वर्गीय चरित्रमा तात्विक परिवर्तन गर्ने हैसियत राख्ने छैन ।यो केवल खेतालाको साँटफेर मात्र हुनेछ ।
विगत केही वर्षदेखि सत्ताको केन्द्र एकपछि अर्को गर्दे कमजोर बन्दै गएको छ । राजतन्त्र ढल्यो यसको ठाउँ कांग्रेसले लियो ।अब कांग्रेस सरकारवाट बाहिरिएको छ । यसको ठाँउ प्रतिक्रियावादीहरुका भरपरि नसकेका खेतालाहरुले लिदैछन् । अहिले चुनावमा जतिसुकै सिट जिते पनि यो गठवनधन प्रतिक्रियावादी राज्यसत्ताको सवैभन्दा अविश्वासिलो र कमजोर प्रतिनिधि हो ।
यहिवेला क्रान्तिकारीहरुले एकतावद्ध संघर्षको निम्ति पहल र प्रयत्न गर्नु पर्दछ । जनक्रान्तिको वस्तुगत आधार तयार हुँदैछ ।सुधारवादको भ्रमवाट मुक्त बनौ ।







