माओवादी केन्द्रका पूर्व केन्द्रीय सल्लाहकार तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने बताएका छन् ।

पिटरले सिद्धान्त र उद्देश्य फरक नभएपनि केही विदेशी संस्था र ‘रअ’ लगायतका संस्थाहरुले नै एमाले-माकेको एकता हुन नदिने दाबी गरेका छन् । नेपाली भूगोल संवेदनशील भएका कारण पनि एमाले-माकेबीच एकता हुन नदिने पीटरको तर्क छ ।

माओवादी केन्द्रका पूर्व केन्द्रीय सल्लाहकार समेत रहेका पिटरले जितमा र पार्टी एकता हुन्छ भनेर उत्साहित र चिन्तित एमाले-माकेका कार्यकर्ताहरुलाई सुझाव समेत दिएका छन् । उनले गठबन्धन रहन सक्ने बताएका छन् ।

‘हे, माअाेवादी केन्द्र र एमालेजनहरू न ज्यादा उत्साहित हाैं, न ज्यादा चिन्तित । गठबन्धन रहला तर पार्टीएकता भने हुँदैन । वैदेशिक संस्था अाइएनजिओ र ‘रअ’ यति कमजोर छैनन् न अाइयमयफ र डब्लुबी । यो संवेदनशील भूगोलमा यी दुई पार्टीका एकता हुँन उनिहरूले नै दिनेछैनन्’ पिटरले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेका छन् ।

साथै पिटरले सिद्धान्त र उद्देश्य एउटै भएपनि पलाएका महत्वकांक्षा र कुण्ठाका कारण एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने बताउँछन् ।

‘यि दुवै पार्टीमा अब सिदान्त, उद्देश्य र भूमिका केही फरक छैन् तर दुवै संस्थाभित्र पलाएका महत्वकांक्षाका, कुन्ठा निकाल्नेछन् र कम्युनिस्ट ग्रन्थीले सिद्दान्तका र इतिहासका कुरा बहस बनेर एकता हुँनेछैन् । बाहाना बन्नेछ ।’ पिटरले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार