नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले निर्वाचनमा जनताले हारेकाे बरू फासिवादीहरूले जितेकाे बताएका छन् ।
एमाले माअाेवादीकाे गठबन्धन हाेस् या लाेकतान्त्रिक गठबन्धन हाेस् ती दुवै गठबन्धनका उम्मेदवारहरूले जित्नु फासिवादीहरूले जितेकाे बिजुक्छेकाे भनार्इ छ । रेडियो अन्नपूर्णसँगको कुराकानीको क्रममा नेमकिपाका अध्यक्ष रोहितले निर्वाचनमा फासीवादीहरूले बहुमत प्राप्त गरेकोे बताए ।
बिजुक्छेले अब जनताले दुःख पाउने दिन आएको भन्दै अहिले देशमा कम्युनिष्टको जीत नभएको दाबी गरे।
एमाले र माओवादी अन्धराष्ट्रवादी, सङ्कीर्ण राष्ट्रवादी र फासीवादीहरूबाट सञ्चालित भएको उल्लेख गर्दै अध्यक्ष रोहितले प्रजातन्त्र र समाजवादको विरोधमा फासिवादको उदय भएको बताए। उनले एमाले, काङ्ग्रेस र माओवादी आफै सञ्चालित नभएको भन्दै ती पार्टीले सिद्धान्तको आधारमा नभई पैसाको बलमा चुनाव लडेको जितेकाे बताए ।
अध्यक्ष रोहितले तीन शासक पार्टीहरूले जातीय र क्षेत्रीय राजनीति गरेको अाराेप लगाए ।







