पार्टी र सरकारकाे नेतृत्व बाँडफाँड गर्ने पूर्व सहमति विपरित एमालेका नेताहरूले एमाले अध्यक्ष केपी अाेलीले नै दुवैकाे नेतृत्व गर्ने बताइरहेका छन् ।

यस्तै बाेली शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपश्चात् केपी शर्मा ओली नै पार्टी अध्यक्ष हुने कुरा पुन स्पष्ट पारेका छन्। उनले बिहीबार नै एक टेलिभिजन अन्तर्वार्तामा पनि साेही कुरा गरेका थिए ।

‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै द्विविधा छैन।’ उनले निर्वाचनको परिणाम, राष्ट्रिय राजनीतिमा ओलीको खेलेको भूमिका र मुलुकको आवश्यकतालाई हेर्दा पनि ओली नै प्रधानमन्त्री हुनेमा विवाद नहुने तर्क पनि गरे।

सरकार गठनको प्रक्रिया र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने विश्वास पाेखरेलले दाबी गरे । उनले दुई पार्टीबीचको एकताले छिट्टै पूर्णता पाउने स्पष्ट पारे।

‘एकताको प्रक्रियाको कुरा जहाँसम्म छ, असोज १७ गते एकता घोषणापत्र जारी भयो, त्यहाँ हामीले विधिवत रुपमा सबै कुरा उल्लेख गरेका छौं । एकता संयोजन समिति पनि बनाएका छौं । ‘एमाले महासचिव पाेखरेलले भने- ‘कबुल गरिएको आधारमा संयुक्त चुनावी घोषणापत्र पनि जारी भयो। हामी दुवै पार्टीका सपना र सकंल्पहरु पनि छन् । एकताको दिशामा अघि बढ्नको लागि यो महत्वपूर्ण कुरा हो । संयोजन समितिले काम गरिरहेको छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार