माओवादी केन्द्रका प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले एमाले र माओवादी केन्द्रबीच गर्ने भनिएको एकता कुनै केटाकेटीको खेल नभएको भन्दै हतारमा गर्न नहुने बताएका छन् ।

न्यौपानेले गंभीर वैचारिक, राजनीतिक र सांगठनिक विषयमा नगरी गरिने एकताले गंभीर नकारात्मक परिणाम आउने भन्दै उनले नेताहरुको मनामानी रुपमा गरिने एकता कार्यकर्ता र जनतालाई अस्वीकार्य हुने बताए ।

काष्ठमण्डप टेलिभिजनमा अन्तर्वार्ता दिदै नेता न्यौपानेले दुवै पार्टीका नेताहरुमा कुनै वैचारिक विमर्शविना एकता गर्न थालेको आफुले अनुभूति गरेको बताए ।

निर्वाचनमा माओवादी केन्द्रका कयौं उम्मेदवारहरुले हारेको प्रसँग कोट्याउदै न्यौपानेले त्यसमा एमालेको हात हुन सक्ने भन्दै त्यसबारे गंभीर समीक्षा हुनु पर्ने न्यौपानेको भनाई छ ।

भिडियो –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार