
संविधानविद एवं राजनीतिक विश्लेषक भीर्माजुन आचार्यले एमाले र माओवादी केन्द्रको गठबन्धन पश्चिमा र भारतीय शक्ति केन्द्रले बनाइदिएको खुलासा गरेका छन् ।
एमालेको आकार घटाएर माओवादी केन्द्रको आकार बढाउन पश्चिमा र भारतीयहरुले यस्तो गरुयोजना बनाएको आचार्यको दाबी रहेको छ ।
एपीवान टेलिभिजनसँगको लामो अन्तर्वार्तामा संविधानविद आचार्यले नेपालको राजनीतिमा अस्थीरता निम्ताएर आफ्नो स्वार्थ पूरा गर्न विदेशी शक्ति केन्द्रहरुले रोल प्ले गरेको बताए ।
वाम गठबन्धनमा चिनियाँ भूमिकाको चर्चा छ नि भन्ने पत्रकारको प्रश्नमा विश्लेषक समेत रहेका आचार्यले चीनको भूमिका नरहेको ठोकुवा गरे ।
अाचार्यकाे टेलिभिजन अन्तर्वार्ता –
https://youtu.be/MH8rbdLmZ2o







