
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अत्यन्त न्यून भोट पाएको छ ।
मुठ्ठी चिन्ह लिएर चुनाव लडेको सो पार्टीका कुनैपनि उम्मेदवारले जमानत जोगाउन सकेनन् । देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा चुनाव लडेको क्रान्तिकारी माओवादीले समानुपातिक तर्फ १३ हजार ९ सय ४२ भोट पाएको छ ।
२०७० सालको संविधानसभा चुनाव बहिस्कार गरेको वैद्य माओवादीले कार्यकर्ता पलायन रोक्न चुनावमा भाग लिने निर्णय गरेको बताएकाे थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट एक सय ७ जनाको बन्दसूची पेश गरिएकोमा जनजाती महासंघका पूर्वअध्यक्ष डा ओम गुरुङ एक नम्बर सूचीमा थिए ।
याे मत परिणामले तीन प्रतिशतको थ्रेस होल्ड सीमा नराखिएको भएपनि वैद्यको पार्टीले सांसद पाउने थिएन ।







