एमाले : समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत, तर प्रत्यक्षमा ८० सिट

कांग्रेस : समानुपातिकमा ३१ लाख २८ हजार ३८९ मत, तर प्रत्यक्षमा २३ सिट

माओवादी : समानुपातिकमा १३ लाख ३ हजार ७२९ मत, तर प्रत्यक्षमा ३६ सिट

राजपा : समानुपातिकमा ४ लाख ७२ हजार २५४ मत, प्रत्यक्षमा ११ सिट

फोरम : समानुपातिकमा ४ लाख ७० हजार २०१ मत, प्रत्यक्षमा १० सिट

अन्य : समानुपातिकमा ९ लाख ९६ हजार ६९५ मत, प्रत्यक्षमा ५ सिट

– कांग्रेसले समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचनमा धेरै मत पाएको छ । प्रत्यक्षतर्फ ३५ लाख ९० हजार ७९३ मत पाएको कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २९ लाख ८२ हजार २४० मत पाएको थियो । तर, त्यतिखेरको भन्दा अहिलेको निर्वाचनमा पाएको मत एक लाख ४६ हजार १४९ ले बढी छ ।

– प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस एमालेभन्दा ५७ सिटले पछि प¥यो । एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २७७ मत ल्यायो । उसले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४९४ मत पायो । यो मत प्रत्यक्षमा पाएकोभन्दा ९१ हजार २१७ बढी हो ।

– माओवादीले स्थानीय तहको निर्वाचनमा १६ लाख दुई हजार ४५० मत पाएको थियो । यसपटक समानुपातिकमा दुई लाख ९८ हजार ७२९ कम मत पाएको छ ।

समानुपातिक मतगणना सकियो

एमालेलाई ३३.२४ र कांग्रेसलाई ३२.७७ प्रतिशत मत

समानुपातिकमा एमाले ४१, कांग्रेस ४०, माओवादी १७, राजपा र फोरमलाई ६–६ सिट

– निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सम्पन्न गरेको छ । मतगणना सुरु भएको ११ दिनपछि आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न गरेको हो । आयोगका अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् ।

– राजनीतिक दलसम्बन्धीको ऐनअनुसार खसेको कुल सदर मतको ३ प्रतिशत मत कटाउने दल राष्ट्रिय दल बन्ने व्यवस्था छ । आयोगका सचिव तथा समानुपातिक निर्वाचनका मुख्य निर्वाचन अधिकृत वेगेन्द्रराज शर्माका अनुसार गणना भएको मतलाई ‘टेबुलेसन’ भइरहेको छ । शर्माका अनुसार जति सकिन्छ, छिटो मतपरिणाम सार्वजनिक गरिनेछ ।

– एमाले ३१ लाख ७३ हजार ४९४ मतसहित पहिलो पार्टी बनेको छ । एमालेले कुल सदर मतको ३३.२४ प्रतिशत पाएको छ । त्यस आधारमा यसले ४१ सिट पाउन सक्ने अनुमान छ ।

– प्रत्यक्षतर्फको सिटमा तेस्रो भएको कांग्रेसले समानुपातिकमा भने एमालेकै हाराहारीमा मत पाएको छ । आयोगको तथ्यांकअनुसार कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । यो ३२.७७ प्रतिशत मत हो । कांग्रेसले ४० सिट पाउने अनुमान गरिएको छ ।

– माओवादीले १३ लाख तीन हजार ७२९ मत पाएको छ । १३.६५ प्रतिशत पाएको माओवादीले १७ सिट पाउने सम्भावना छ । राजपाले चार लाख ७२ हजार २५४ मत ल्याएर ४.९४ प्रतिशत कटाएको छ । फोरमले चार लाख ७० हजार २०१ ल्याएर ४.९२ प्रतिशत कटाएको छ । ती दुई दलले ६–६ सिट पाउने सम्भावना छ ।

– आयोगका अनुसार खसेको एक करोड पाँच लाख ८७ हजार मतमध्ये समानुपातिकमा ९५ लाख ४४ हजार ७४४ मत सदर भएको छ । नयाँ दलका रूपमा रहेका विवेकशील साझा पार्टी र नयाँ शक्तिले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन् ।

अाजकाे नयाँपत्रिकाबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार