माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ भारतले प्रधानमन्त्री बन्न प्रस्ताव गरेकाे छ ।

प्रचण्डलाई भारतीय पक्षले काँग्रेस, मधेस केन्द्रित दल र राप्रपाको समर्थनमा प्रधानमन्त्रीको अफर गरेको हो । तर, बाम गठबन्धन भत्काउने नियत भन्दै उनले उक्त प्रस्तावलार्इ अस्वीकार गरेको माओवादी केन्द्रले बताएकाे छ ।

माअाेवादी केन्द्रका एक नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने नेपालको आन्तरिक विषय भएकाले नेपालका दलहरु नै उक्त निर्णय गर्न सक्षम रहेको जवाफ फर्काएका छन् ।

प्रचण्डले बाम गठबन्धनले निर्वाचनअघि नै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेकाले अबको प्रधानमन्त्री ओली नै हुने जवाफ भारतलार्इ पठाएकाे बुझिएकाे छ ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालार्इ भेट्न शनिबार बाुलुवाटार पुगेका प्रचण्डलाई पनि देउवाले अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

जवाफमा प्रचण्डले एमाले अध्यक्ष ओली नै अबको प्रधानमन्त्री भन्दै ताजा जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न देउवालाई आग्रह गरेकाे प्रचण्ड निकट स्राेतले बताएकाे छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार