अनलाइनडबली संवाददाता ।

चुनाव जितेपछि सिलवाल ।
नेपाल प्रहरीमा किचलो निकालेर विवादित बनेको पूर्व डिआइजी नवराज सिलवाल चुनावको मुखमा नेकपा एमालेमा प्रवेश गरे । उनले दिएको राजिनामा स्वीकृत नहुँदै उनको पार्टी प्रवेश पनि विवादित बनेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले आफूलाई प्रहरी प्रमुख नबनाएको भन्दै सिलवाल सर्वोच्चको शरणमा पुगेका थिए । सर्वोच्चमा पेश गरेका प्रमाणहरुले ‘चोक्टा खान गएकी बुढी, झोलमा डुबी’ हुने भएपछि हतार हतामरमा सिलवाल एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने बेलासम्म सिलवालको राजिनामा पत्र स्वीकृत भएको थिएन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई गृहमन्त्री बनाएर प्रचण्डलाई देखाउने भन्दै भाषण गरेका थिए भने प्रचण्डले कारवाही गरेरै छोड्ने । यो ओली र प्रचण्डको जुहारी चलेको बेलाको कुरा हो । पार्टी प्रवेशसँगै सिलवाललाई ओलीले टिकट दिएर चुनावी मैदानमा ललितपुर पठाए ।
प्रहरी प्रशासनको ज्ञान भएपनि राजनीतिक शिकारु सिलवालले चुनाव प्रचारको क्रममा आफूले जानेका र सुनेका सबै गतिविधि गरे । कहिलै मतदाताको खेतबारीमा, केहिलै घास काट्न, कहिलै खुट्टा ढोग्नेजस्ता कार्य गरेर सामाजिक सञ्जाल र मिडियामा चर्चाका आए सिलवाल ।
चुनावको बेला हिलोमा गएर धान काटेजस्तै गर्थे । चुनाव अवधि मतदाताजस्तै जीवनशैली बनाएका सिलवालले चुनावको परिणाम अाएर जितेपछि भने पूरानै पारा देखाए । चुनावको बेला हात जोडेर नमस्कार गर्दै भोट माग्न गाउँघरमा पुगेका सिलवाल जितेपछि भने घोडामा मतदाताको घरमा पुगे ।
उनले घोडमाथिबाटै कालो चश्मा लगाएर हात हल्लाए । र, घोडा डोर्याउन एमालेका स्थानीय कार्यकर्तालाई लगाए ।

चुनाव अघि सिलवाल खेतमा ।







