अनलाइनडबली संवाददाता ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले पार्टी एकताबारे असहमति जनाएका छन् । नेकपा एमालेसँ चुनावी तालमेल मात्रै भएको भन्दै पार्टी एकता जटिल हुने बताए ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यालयको बैठकमा बोल्दै महराले उक्त असहमति जाहेर गरेका हुन् । बैठकमा महराले पार्टी एकताको अाधार सैद्धान्तिक अाधार तयार नभएको बताउँदै हतार गर्न नहुने बताएको बताइएको छ । महराले केही दिनदेखि अहिलेकै अवस्थामा एमालेसँग एकता भए माओवादी केन्द्रको विलय हुने भन्दै केही नेताहरुसँग छलफल गरिरहेका छन् ।

बैठकमा महराको तर्कसँग असहमित जनाउँदै नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, देव गुरुङ लगायत नेताहरुले पार्टी एकता जनअनुमोदन भइसकेको बताए । उनीहरुले पार्टी एकतालाई अगाडि बढाउनु पर्ने तर्क गरेका थिए ।

पार्टी एकता र सरकार निर्माणबारे एमालेसँग गम्भीर छलफल भइरहको बताउँदै विरुद्धमा नबोल्न पार्टी अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार