१८ डिसेम्बर २०१७ आन्ट्वेर्पेन, बेल्जियम

नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको केन्द्रिय समितिको बैठकले प्रदीप अधिकारीलाई केन्द्रीय समितिको सदस्यमा नियुक्त गरेको छ ।
अधिकारी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा सम्पन्न भएको जनयुद्धका पूर्णकालीन कार्यकर्ता हुन् । प्रदीप अधिकारीलाई नेपाली जनप्रगतिशील मोर्चाको आज बसेको बैठकले हार्दिकता साथ संगठनमा आबद्ध गरेको छ ।
मोर्चाको नोभेम्बरमा बसेको बैठकले बेल्जियमस्थित नेपालीहरुका बिचमा भेटघाट तिव्र पार्ने र नेपालको वर्तमान राजनैतिक अवस्थाको बारेमा छलफल चलाउने, दलाल पूंजीवादी संसदीय ब्यवस्थाको भन्डाफोर गर्ने, वैज्ञानिक समाजवादको पक्षमा प्रचार प्रसार गर्ने र स्वतन्त्र, स्वाधिन, सम्पन्न नेपाल निर्माणको लागि संगठन विस्तारमा तिव्रता ल्याउने निर्णय गरेको थियो ।
सोही अनुरुप संगठनले बेल्जियम लगायत यूरोपका अन्य देशहरुमा नेपालको बिषम परिस्थितीका कारणले यहाँ अाईपुगेका विचारमा प्रतिबद्ध अन्य ब्यक्ती बिशेषहरुलाई पनि घनिभूत संपर्क समन्व्य गर्ने क्रमलाई जारी राख्ने प्रतिबद्धता जाहेर गरेको छ ।
बैठकमा मोर्चाका अध्यक्षले मेख गुरुङले अधिकारीलाई केन्द्रीय सदस्यको रुपमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई उपस्थिती सम्पूर्णले एक मतका साथ पारित गरिएको थियो । नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेलले अधिकारीलाई मोर्चामा आबद्ध भएकोमा हार्दिक बधाई दिंदै मोर्चाको अभियान र समसामयिक राजनैतिक विषयमा चर्चा गरेका थिए ।
बैठकको संचालन मोर्चाका महासचिव माकुना राइले गरेका थिए ।








