अम्बिका चन्द, राताेखबर संवाददाता ।

नेकपाका केन्द्रीय सदस्य एवं मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’ आइतबार रिहा भएका छन् ।

कात्तिक २३ गते मोरङको विराटनगरबाट पक्राउ गरिएका लिम्बु पाँचथरबाट रिहा भएका हुन् । मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका लिम्बुलाई विरानगरस्थित  न्युराे  अस्पतालमा उपचार भइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

मोटरसाइकलमा ताप्लेजुङ घर जाँदै गरेको बेला लिम्बु मोटरसाइकल दुर्घटनामा परेका थिए । लिम्बुसँगै नेकपाका कोशी ब्युरो सदस्य जितेन्द्र मोहरा ‘महावीर’ पनि रिहा भएका छन् । अस्पतालमा भर्नापश्चात टाउकाको शल्यक्रिया गरेका लिम्बुलाई भेट्न गएको बेला महावीरलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरू दुवै जनालाई माथिको आदेश भन्दै पक्राउ गरेको थियो । दुवै जनालाई साधारण तारेखमा रिहा गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार