
पार्टीकाे सुविधासम्पन्न कार्यालय हुँदाहुँदै पनि एमालेले आफ्नो स्थायी समिति बैठक भैसेपाटीस्थित वामदेव गौतमको निवासमा राखेको छ ।
हालै सम्पन्न संसदीय निर्वाचनमा बर्दियाबाट पराजित भएपछि गौतमले आफूमाथि अन्तर्घात भएको र नियोजित रुपमा हराइएको बताउँदै आएका छन् ।
आज दिउँसो १ बजे गाैतमकाे घरमा एमाले स्थायी कमिटी बैठक बस्ने भएकाे छ । सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्बाचनपछि पहिलोपटक आज स्थायी कमिटि बैठ्क बस्न लागेको हो ।
अाफुलार्इ हराउन पार्टीभित्रबाट अन्तर्घात भएकाे भन्दै वामदेव क्रुद्ध भएको बुझेपछि उनलाई फकाउन एमालेले निवास स्थानमै बैठक राखेको एमाले उच्च स्राेतले बताएकाे छ ।
बैठ्कमा एमाले–माओवादी बीचको पार्टी एकिकरण, सम्पन्न निर्बाचनको समीक्षा र राष्ट्रपति समक्ष पुगेको राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशका बारेमा छलफल केन्द्रित रहने एमालेका एक नेताले जानकारी दिए ।







