
पूर्व घाेषित सहमतिअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड पालैपालाे प्रधानमन्त्री बन्ने भएका छन् ।
पाँच वर्षे कार्यकालको बाँकी अवधि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएको छ ।गत असोजमा दशैंको टीका सकिएलगत्तै एमालेको बैठक बसेको थियो, जसमा अध्यक्ष केपी ओलीले माओवादीसँगको सम्झौताबारे तयार पारिएको ड्राफ्टअनुसार यस्ताे सहमति भएकाे हाे ।
एमाले र माअाेवादी केन्द्रबीच त्याे बेला प्रस्तुत तीन नम्बर बुँदामा ‘निर्वाचनपछि सरकारको नेतृत्व आलोपालो गर्ने’ उल्लेख गरिएको थियो ।
माओवादीका उच्च नेताले दिएको जानकारीअनुसार दशैंपछि संयुक्त कार्यक्रम गरेर ७ बुँदे सहमति जारी गर्दैगर्दा ३ नम्बर बुँदाको ‘आलोपालो सरकारको नेतृत्व गर्ने’ वाक्यांशलाई सार्वजनिक गरिएन र त्यसलाई ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ का रुपमा लिने सहमति गरेर वाम गठबन्धनको घोषणा भयो ।
यसरी भएकाे पूर्व सहमति अनुसार एमाले र माअाेवादी केन्द्रले पालैपालाे प्रधानमन्त्री चलाउने भएका छन् ।







