जनयुद्धकालीन मुद्धामा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य बालकृष्ण ढुंगेल यतिबेला जेलमा छन् ।

हिजो जनयुद्धमा प्रचण्डको आदेशमा लड्ने ढु्रगेल जेलमा अन्यायपूर्वक लड्दा उनका कमाण्डर प्रचण्ड भने बेखबरजस्तै बनेका छन् ।

उनै बेखवर बनेका प्रचण्डलाई ढ्रुंगेलले जेलबाट निकै भावुक र गंभीर पत्र लेखेका छन् ।

यस्तो छ ढ्रुगेलको पत्र पूर्णपाठ : 

श्रद्देय अध्यक्षज्यु, अभिवादन ।

तपार्इलार्इ अहिले आफ्नो जन्मभुमि चितवनमा प्राप्त भएको जितको खुसी एकातिर र एकमात्र पुत्र प्रकाशको वियोगको पिडा आर्केतिर । यी चिजलाई फ्युजन गरेर दृढताका साथ अघि बढन सक्नु तपार्इ भित्रको छुट्टै विशेषता हो ।

क.प्रकाशको निधनमा मैले भौतिक उपस्थितिमा श्रद्धञ्जली ब्यक्त गर्न त पाईँननै तर यस जेलको चार दिवारभित्र बसेर मनमनै श्रद्धासुमन अर्पण गरे र मनलाई स्तब्ध बनायो ।

म गिरफ्तारी परेको करिब डेढ महिना नाघिसक्यो । गिरफ्तारी लगत्तै क. गोपाल किराती (साईला) भेटन आउनु भयो र सहानुभुति ब्यक्त गर्नुभयो । मेरै जिल्लाका नेताहरु भेट गर्न आउनु स्वभाविक हो । त्यसबाहेक मेरो गिरफ्तारी बृहत सान्ति सम्झौता विपरित हो, यो जनयुद्धकालिन मुद्दा हो भन्ने सेन्टिमेन्ट बोकेर पार्टी हेडक्वाटरबाट अहिलेसम्म काेही पनि भेटन आएका छैनन् ।

पुत्र वियोग र चुनावको बखत भेटन आउनु भएन त्यो स्वभाविकै हो किनकि त्यस समय तपार्इकाे पिडा र निर्वाचनको चटारोको कुरा मैले बुझेकै हुँ । अब निर्वाचन पनि सक्कियो, भारी मतले जितपनि हासिल गर्नुभयो । तर तपार्इँलाई मलाई भेटन डिल्लीबजार जेलसम्मको दुरी टाढा भयो या अनिच्छा पैदा भयो, र तपार्इँ  किन आउनु भएन ? तपार्इँको १० मिनेटको भेटको समय कति महत्वपुर्ण र साहनुभूतिपूर्ण हुन्थ्यो तपार्इँले कहिले आँकलन गर्नुभयो ? किनकी १० वर्षे जनयुद्ध तपार्इँँकै अभिभावकत्वमा लडिएको हैन र ? मानौ तपार्इँँले भ्याउनु भएन ठिकै छ, तपार्इँका कोही कसैलाई तपार्इँको खबर पठाउन त सक्नु हुन्थ्यो नि, हैन र ?

ठिक छ भेटको सन्दर्भलाई यहि छोडौं । म हाम्रो पार्टीको पोलिटब्युरो सदस्य हुँ । यो मेरो क्षमता र तपार्इँले मलाई पत्याएरै दिएको जिम्मेवारी हुनुपर्छ । एउटा पार्टाीको पोलिटब्युरो सदस्य जनयुद्धकालिन मुद्दामा त्यहिमाथि बेकसुर ब्यक्ति गरफ्तारी पर्दा विज्ञेप्तीसम्म निकाल्न सक्नु भएन यसको कारण के हुनसक्छ ? यो त सत्य निरुपन तथा मेलमिलाप आयोगले टुङ्ग्याउने समझदारीबाट तपार्इँ हामी कहाँनिर चुक्यौ ? यसको हिसाब किताब पार्टीले राख्नु जरुरि छ कि छैन ? भर्खरै मौलाउदै गएको एमालेसँगको सम्बन्ध बिग्रेला भन्ने डरले या त चरण प्रसाई, कनकमणि दिक्षित लगायतका डलरवादीहरुसँग डराएर विज्ञप्ति निकाल्नु भएन ।

म अहिले जेलको चिसो छिडिमा रहदै गर्दा चार ओटा रोगसँग एकैसाथ लडिरहेको छु ।जेलको परिबन्धमा उपचार त्यति सहज छैन अध्यक्षज्यू । भनेको सामय र भनेको डाक्टरलाई भेटन पाईदैन यहाँ । यो मैले पहिले ८ वर्ष जेल बस्दा नै भोगेको तितो यथार्थ हो । उच्च रक्तचाप त छँदै थियो त्यहिमाथि सुगर पनि छ । मेरो दुबै मृगौलाले काम गर्न छोडेको यहालाई जानकारी नै छ ।

अध्यक्षज्यू, म तपार्इँँकै आदेशमा काम गर्ने एक सिपाही हैन र ? अहिले जुन हत्या अभियोगमा म जेल भित्र छु, त्यो घटना मैले गरेको हैन यहाँलाई पनि थाहाँ छ । केही डलरवादीहरुले डलर पचाउन रचिएको प्रपन्च मात्र हो । म बेकसुर हँुदापनि किन जबरजस्त थुनाईयो ? हजुरले आत्मा साक्षीराखी भन्नुस् म थुनिदा तपार्इँको मन कत्तिपनि कुंडिएको छैन र ?

म थुनिनु भनेको तपार्इँँ थुनिए जस्तो हैन र अध्यक्षज्यू ? कि माउ बचाउन चल्लाको बली चढाईएको हो ?

बाँकी अर्को पत्रमा या भेटमा प्रचण्डज्यू …….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार