अनलाइन तहल्का पुस ८, सल्यान

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य असल क्षेत्रीले एकीकृत जनक्रान्तिका बारेमा विश्वमा बहस भैरहेको बताएका छन् । नेपालमा नयाँ बहस शुरू भएको भन्दै क्षेत्रीले एकिकृत क्रान्तिका लागि जनताको पनि साथ रहेको बताएका हुन् ।

सल्यानको श्रीनगरमा जिल्ला स्तरिय कार्यकर्तासंग भएको भेटघाट कार्यक्रममा उनले जनयुद्धकै कुरा ल्याएर अब कुनैपनि व्यक्तीले दम्भ देखाउन नहुने बताएका छन् । माओवादी आन्दोलनको पुनर्गठन गर्ने कुरा सामान्य नभएकोले यो अवधिमा पार्टी धेरै अगाडि पुगेको भन्दै क्षेत्रीले विचारको संस्थागत विकास गरि एकीकृत क्रान्तिले परिवर्तनको ढोका खोल्ने बताएका छन् ।

एमाओवादीले विचार छाडेर एमालेसंग आत्मसमर्पण गरेकाे बेला कम्युनिष्ट पार्टीले निष्कलंकित र स्वच्छ बनाउनुपर्ने भन्दै उनले माओवादी आस्थालाई जोगाएर अब जनतालाई पनि संगै लिनुपर्ने बताएका हुन् । दलाल सत्तालाई विघठन गरि वैज्ञानिक समाजवाद निर्माणका लागि पार्टीले एकीकृत क्रान्तिको विकास गरेको भन्दै उनले यहि विचारले अब समाजवाद स्थापना गर्ने उनले बताएका छन् ।

अब जनयुद्धको छापामार तरिकाले क्रान्ति सम्भव नहुने भन्दै उनले जनयुद्धकालमा प्रचण्डको प्रवृत्ति निम्न पुँजीवादी र नोकरशाह प्रवृत्ति भएकोले त्यस्तो पुरानो प्रवृत्ति पार्टीभित्र आउन नहुने तर्फ कार्यकर्तालाई सजग बनाएका छन् । माओवादी केन्द्रभित्रका प्रचण्ड अनि केही व्यक्तिको अस्तित्व रक्षा र एमालेको सत्ता मोहका लागि वाम गठबन्धन भएको भन्दै उनले यो जनताको पक्षमा नभएको भन्दै जनताको निम्ति नभएको बताएका हुन् ।

सेक्रेटेरी लोकपाल केसीको अध्यक्षतामा चुनाव पछि पहिलो पटक भएको जिल्ला समितीको समीक्षा बैठकलाई जिल्ला ईन्चार्ज डिल्लीराज शर्माले पनि सम्बोधन गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार