नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा सरकारद्धारा म्यादी प्रहरीमाथि गरिएको बर्बर हत्या र दमनका विरुद्ध पार्टी गंभीर ध्यानआकर्षण भएको जनाएको छ ।

म्यादी प्रहरीले आफ्नो ड्युटी गरेमार्फत पाउनु पर्ने उचित तलवभत्ताका लागि देशैभरि गरेको न्यायपूर्ण आन्दोलनको पक्षमा नेकपाले आफ्नो नैतिक समर्थन भएको बताएको छ ।

नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्माले जारी गरेको प्रेस विज्ञेप्तीअनुसार कालिकोटमा एक म्यादी प्रहरीको ज्यान जानेगरी भएको घटनाको पार्टीले घोर भत्र्सना समेत गरेको छ ।

घटनामा संलग्नलाई कार्वाही र मृतकलाई सहिद घोषणा गर्न समेत नेकपाले सरकारसँग माग समेत गरेको छ ।

प्रेस विज्ञप्ती

हिजो दिउसो कालिकोट जिल्लाको सदरमुकाम मान्ममा म्यादी प्रहरी र जिल्ला प्रशासनबीच झडप भइ घटेको घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

१) कथित संघ र प्रदेशको चुनावको नाममा भर्ती गरिएका म्यादी प्रहरीको तलवको विषयलाई लिएर जिल्ला प्रशासनसँग भएको विवादको क्रममा झडप हुँदा प्रहरीले चलाएको गोलीबाट कालिकोट जिल्ला सिप्खाना, रातखालका म्यादी प्रहरी जवान विवेक ऐडीको मृत्यु र दुई दर्जन भन्दा बढी घाइते हुनेगरी घटाइएको घटनाप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ । उक्त घटनाको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । मृतक विवेक ऐडीप्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै उहाँका आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

२)  मान्म गोलीकाण्डका दोषीहरुमाथि कडा कारवाही गरी मृत्युवरण गर्ने विवेक ऐडीलाई सहिद घोषणा, उहाँका परिवारलाई राहतको व्यवस्था, म्यादी प्रहरीको पूर्व तोकिएको तलबको व्यवस्था र घाईतेको यथाशक्य उपचारको व्यवस्था गर्न सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।

३) गोलीकाण्डका विरुद्ध संघर्षरत म्यादी प्रहरीहरुले आफ्ना जायज माग सहित जारी राखेको संघर्षप्रति पार्टी ऐक्यवद्धता जाहेर गर्दछ । साथै जारी आन्दोलनप्रति समर्थन रहने कुरा समेत स्पष्ट गर्न चाहन्छ ।

म्यादी प्रहरीहरुको तलव र सुविधाबारे देशैभरी उठिराखेको समस्याप्रति हाम्रो पार्टी गम्भीर भएको छ । सरकारले विना कुनै छलछाम, षड्यन्त्र र भेदभाव म्यादी प्रहरीको तलव र सुविधाको यथाशक्य व्यवस्था गर्न विशेष माग गर्दछ । धन्यवाद ।

८ पौष २०७४

प्रकाण्ड, प्रवक्ता

नेपाल कम्युनिस्ट पार्टी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार