नेपाल कम्युनिस्ट पार्टीले देशैभरि माअाे दिवस मनाउने भएकाे छ ।

पुस ११ तदनुरुप २६ डिसेम्बरको दिन विश्व सर्वहारा वर्गका नेता क. माओ त्से तुङको सम्मानमा विश्वभरिका श्रमिक जनताले कार्यक्रमहरु आयोजना गर्ने गर्दछन् ।

माअाेकाे जन्म जयन्तीकाे अवसरमा नेकपा निकट जनवर्गिय संगठन र मोर्चाहरुले पनि पुस ११ गते (२६ डिसेम्बर) मा विचार गोष्ठी गर्ने भएका छन् ।

नेकपा निकट जबस माेर्चाले मंगलबार काठमाडौं अनामनगरस्थित सम्वाद डवलीमा सो कार्यक्रम गर्ने नेकपाकाकाे जबस ब्युरो बताएकाे छ ।

माअाेकाे जन्म २६ डिसेम्बर सन् १८९३ मा चीनकाे हुनान प्रान्तमा भएकाे थियाे । माअाेलगायत ४ जना नेताहरूकाे अायाेजनामा सन् १९२१ मा चीनमा कम्युनिस्ट पार्टीकाे स्थापना भएकाे थियाे ।

सन् १९४९ मा माअाेकाे नेतृत्वमा चीनमा नाैलाे जनवादी क्रान्ति भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार