नेपाल कम्युनिस्ट पार्टीले देशभर विभिन्न कार्यक्रम अायाेजना गरेर १२५ औं माओ दिवस मनाएकाे छ ।

पाेखरामा अायाेजित कार्यक्रम ।
काठमाडाैंमा नेकपा निकट जसब व्युराेकाे अायाेजनामा माअाे दिवस कार्यक्रम मनार्इएकाे थियाे । अनामनगरस्थित संवाद डबलीमा अायाेजित कार्यक्रमको प्रमुख अतिथि नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’काे उपस्थितिमा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा नेकपा केन्द्रीय सल्लाकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’लगायत नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष पुर्णबहादुर सिंहले पनि स्वागत मन्तव्य राखेका थिए ।
उता पाेखरामा नेकपा गण्डक व्युराेकाे अायाेजनामा एक कार्यक्रम सम्पन्न भएकाे छ । पाेखरामा १२५ औं माओ जयन्ती मनाउनुका साथै राजबन्दी अभिनन्दन कार्यक्रम समेत राखिएकाे थियाे । सो कार्यक्रम नेकपा पाेलिटव्युराे सदस्य ओमप्रकाश पुनकाे उपस्थितिमा भएकाे थियाे ।
नेकपा गण्डक ब्युरो इन्चार्ज साबित्रा दुरा ‘आस्था’काे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा चुनाव खारेजी अभियानका क्रममा हिरासत पर्नुहुने सम्पुर्ण कार्यकर्ताहरुलाई सम्मान पत्रसहित अभिनन्दन गरिएको थियो ।

काठमाडाैंमा अायाेजित कार्यक्रम ।







