प्रहरीले नेपाल कम्युनिष्ट पार्टी उदयपुर सेक्रेटरीसहित दुई नेतालाई जेल चलान गरेको छ ।

जिल्ला सेक्रेटरी बाबुराम सेवेदी र जिल्ला सदस्य बलबहादुर मगरलाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ ।

निर्वाचनताका प्रहरीले दुबै नेतालाई ज्यान मार्ने उद्योग र बम विस्फोटमा संलग्न रहेको अारोपमा गिरफ्तार गरेको थियो ।

नेकपाका दुर्इ यी नेतालार्इ अदालतमा मुद्दा चलिसकेका कारण पुर्पक्षका लागि जेल चलान गरिएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताएका छन् ।

यता नेपाल कम्युनिस्ट पार्टीले भने अाफ्ना नेता कार्यकर्तालार्इ निराधार रूपमा अाराेपति गरेर जेल चलान गरेकाे भन्दै साे घटनाकाे भर्त्सना गरेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार