बुधवार एमाले अध्यक्ष केपी अाेलीकाे निवास बाल्काेटमा अाेली र प्रचण्डकाे वार्ता निश्कर्षविहीन रूपमा सकिएकाे छ ।

चुनावी तालमेलका क्रममा नेकपा एमाले र माओवादीले चुनाव लगत्तै पार्टी एकता गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर अहिले एकता प्रक्रिया प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

एकतालाई सफल बनाउने भनि पार्टी एकता संयोजन समिति समेत बनाइएको छ । दुवै दलका अध्यक्षसहित शीर्ष नेताहरु सम्मिलित समितिले पनि काम गर्न सकेको छैन । समितिको बैठक नै बसेको छैन ।

दुवै दलका विभिन्न नेताहरुले एकताका लागि अप्रत्यक्ष रुपमा आफ्ना कुरा राख्दै आएका छन् । एमालेका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद केपी ओलीलाई दिनुपर्नेसम्म बताएका छन् भने माओवादीका नेताहरुले प्रचण्डलाई पार्टी अध्यक्ष नबनाउने हो भने पार्टी एकता हुन नसक्ने चेतावनी दिएका छन् ।

यद्यपी पार्टी एकता कसैले रोक्न सक्दैन भनेर दुवै दलका नेताहरुले भन्दै आएका छन् । यहीबिचमा बुधबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबिच वान टु वान वार्ता भयाे। यस वार्ताले झन् पार्टी एकता हुने शंका र विश्वास दुवै बढाएको छ ।

आजको वार्ताले निष्कर्ष नै निकाल्ने दाबी कतिपय नेताहरुको थियो । तर त्यस्तो कुनै निष्कर्ष ननिस्किएकाले पार्टी एकता प्रक्रिया अझै लामो हुने संकेत देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार