जनयुद्धकालीन मुद्धामा जेल चलान भएका माओवादी नेता बालकृष्ण ढुंगेलले अब केही समयपछि प्रचण्ड र बाबुरामपनि जेल जाने खुलासा गरेका छन् ।

प्रतिक्रियावादी सत्ता र व्यवस्थालाई ज्युँका त्युँ राखेर प्रचण्डहरु सम्झौतामा जादाको परिणाम यस्तो स्थिति आएको ढुंगेलको भनाई छ । आफुपछि अग्नी सापकोटाको पालो आउने र त्यसपछि प्रचण्ड र बाबुरामको आउने ढुंगेलले खुलासा गरेका हुन् ।

जेलमा रहेका ढुंगेललाई भेट्न पुगेका पत्रकारहरुसँग कुरा गर्दै उनले अब जति गरेपनि प्रचण्डहरु जेल जानबाट कसैले रोक्न नसक्ने बताए ।

जनयुद्धलाई अपराध देख्ने राज्य संरचनाभित्रै रहेर समाजवाद ल्याउनु भन्ने प्रचण्डका कोरा सपना मात्रै भएको ढुंगेलकाे भनार्इ छ ।

“मलाई अपराधी देख्नु भनेको प्रचण्डलाई अपराधी भनेको हो, यो भनेको जनयुद्ध नै अपराधी गतिविधि थियो भन्ने नै हो, यही राज्यसत्तामै बसेर समाजवाद ल्याउछु भन्नु प्रचण्डले दिउँसै देखेको सपना हो । अझ आफ्नै पार्टीको नेता गिरफ्तार पर्दासम्म विज्ञप्ति निकल्ने हिम्मत नभएका प्रचण्डले समाजवादी क्रान्तिका कुरा बेकारका गफ मात्रै हुन् ।” उनले भने ।

एमाले र माकेबीचको एकताले क्रान्तिकारी शक्तिलाई बाटो खुला गरेकाे नेता ढुंगेलकाे भनार्इ छ। साथै उनले एमाले र माकेलार्इ घोर दक्षिणपन्थीकाे संज्ञा दिएका छन् ।

उनले माओवादी केन्द्रभित्रका क्रान्तिकारीहरुले सोच्ने बेला आएको समेत बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार