चुनावलाई खारेज गरेर समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले जनप्रतिनिधिमाथि जनकारवाही सुरु गरेको छ ।

स्थानीय तहमा गएका विकास निर्माणका योजनालाई मनपरी रुपमा र राजनीतिक अास्थाका कारण पूर्वाग्रह राखेको र नेपाली काँग्रेसका कार्यकर्तालाई मात्र फाइदा पुग्ने गरी बजेट बाँडेकोले चेतावनी स्वरुप कारवाही गरेको नेकपा भोजपुरले जनाएको छ ।

नेपाली काँग्रेसको तर्फबाट भोजपुरको पूर्वी अरुण गाउँपालिका– १ का वडाध्यक्ष नगेन्द्र खत्रीलाई नेकपाका कार्यकर्ताहरुले कुटपिट गरेको छन् । नेकपा भोजपुरका इन्चार्ज ग्यानुले विज्ञप्ति निकालेर खत्रीलाई चेतावनी स्वरुप कारवाही गरेको बताएका छन् ।

नेकपाले जारी गरेको विज्ञप्तिमा अाफ्नो पार्टीले गरेको अपीललाई बेवास्ता गर्दै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई भोट मागेको, नेपाल सरकार र दातृ निकायबाट वडामा अाएको बजेटमा भ्रष्टाचार गरेको तथा मनपरी बजेट बाँडेको उल्लेख छ ।

यो जनप्रतिनिधिमाथि नेकपाको पहिलो भौतिक कारवाही हो ।

यस्ता छन् खत्रीमाथि नेकपाले लगाएका पाँच अारोप 

१. हाम्रो पार्टीको अनुरोध विपरि कथित प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धको नाममा नेपाली काँग्रेसलाई भोट मागेको ।
२. आफूले संचालन गर्ने योजनाका नाममा विभिन्न दातृ निकाय र नेपाल सरकारबाट बजेट विनियोजन गरी काम नै नगरी भ्रष्टाचार गरेको ।
३. निर्वाचित भएपछि वडामा कार्यरत कर्मचारी र शिक्षकहरुलाई राजनैतिक आस्थाका आधारमा विभेद गरेको ।
४. वडाको बजेट विनियोजनमा नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई फाइदा पुग्ने गरी बजेट बाँडेको ।
५. हाम्रो पार्टी र पार्टीका सदस्यविरुद्ध सुराकी गरेको ।

यस्तो छ विज्ञप्ति

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार