माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेलाई माक्र्सवाको नाम लिएर माक्र्सवादको मुटुमा चुवी धस्ने संशोधनवादी गद्धारको संज्ञा दिएका छन् ।

प्रचण्डले एमालेलाई सामन्तवाद र साम्राज्यवादको सच्चा सेवक बनेको,  राष्ट्रप्रति राष्ट्रघात गरेको गंभीर आरोप लगाएका छन् ।एमालेलाई भिक्तामा पुर्याउने गरी गाली गर्ने काम प्रचण्डले जनयुद्धका क्रममा गरेका हुन् ।

प्रचण्डले जनयुद्धका क्रममा निकैपटक, धेरै लेख र भाषणहरुमा एमालेलाई संशोधनवादी, गद्धार, समान्तवादी र साम्राज्यवादका सेवकजस्ता आरोप लगाएर गाली गरेका थिए ।

तर आज प्रचण्ड त्यही एमालेसँग एकता गर्दैछन् । त्यो बेला प्रचण्डले लेखेका र भाषण गरेका बोलीहरु उनीद्धारा लिखित र तयार पारिएको पुस्तक नेपाली क्रान्तिका समस्याहरु मा हेर्न सकिन्छ ।

प्रचण्डले एमालेलाई कसरी गाली गरेका छन् ? त्यसका केही अंशहरु यस्ता छन् :

‘माक्र्सवादको नाम लिएर माक्र्सवादको मुटुमा चुवी धस्नु, वर्गसंघर्षको कुरा गरेर वर्ग समन्वयको व्यवहार गर्नु, जनताको नाम लिएर जनताकै छातीमा बुट बजार्नु, त्यहाँबाट पनि अगाडि बढेर राष्टघात र जनहत्याद्धारा सामन्तवाद र साम्राज्यवादको प्रत्यक्ष सेवा गरी जनता र क्रान्तिका विरुद्ध प्रतिकारको अपिल गर्दै प्रतिक्रियावाद सम्मको अभ्यास गर्नु आज एमाले गुटको मुल चरित्र बन्न गएको छ ।’
एमाले गुट र संशोधनवादी फोहरको डंगुर जलाउने प्रश्न, पेज नं १४१, नेपाली क्रान्तिका समस्याहरु, भाग २ ।

‘चिन्तनका दृष्टिले प्रतिक्रियावादको स्तरमा पुगेको एमालेको पूरै नेता मण्डली भ्रष्टचारका बलमा वस्तुतः सामन्तवाद र साम्राज्यवादले दिएको हिस्सा खाएर भौतिक र वर्गीय रुपले समेत अभिजात बन्न पुगेको छ । महल, गाडी, सुरासुन्दरी एमाले नेताहरुका लागि सहज कुरा भए ।’
उही पेजबाट ..

‘एमाले गद्धार गुटले सामन्तवाद र साम्राज्यवादको सच्चा सेवक बनेर देश र जनतामाथि राष्टघात र जनहत्या थोपर्ने चाल बाहेक बहदुलीय जनवादको रणनीतिको अर्को अर्थ लाग्दैन ।’
उही पेज, १४५ बाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार