नेकपा एमाले-माओवादी केन्द्रबीच एकता र नयाँ सरकार गठनको बहस चलिरहेको बेला देशी विदेशी शक्ति केन्द्र नयाँ सरकार गठन हुन नदिन सक्रिय हुन थालेका छन् । यही बेला  भारतीय गुप्चचर संस्था रअ पनि सक्रिय हुन थालेकाे छ ।

यसबीचमा नेपाली काँग्रेसले एमाले-माकेको गठबन्धन तोड्‍ने प्रयास गरिरहेको छ । उसले प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्‍न अाग्रह गरिरहेको छ । एमाले र माकेको एकतामा ढिलाइ भएकोले पनि शंका बढिरहेको छ ।

यसैबीच भारतीय गुप्चर ‘रअ’का प्रमुख प्रचण्डको बेडमै पुगेका छन् । राजनीतिक सहयोगसहित रअका प्रमुख अनिल धसमाना प्रचण्डको नयाँ निवासको बेडमा पुगे । सँगै काँग्रेस नेता अमरेशकुमार सिंह र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहित सोमबार विहानै खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका थिए ।

एक महिनादेखि काठमाडौंमा रहेका प्रमुख अनिलसँगै बसेका अमरेशकुमार र महतोले लाई लिएर प्रचण्ड निवास पुगेका दुई नेताले तत्काल बाम गठबन्धन छोड्न र पाँच बर्षे प्रधानमन्त्री बन्न आग्रह गरेको बताइएको छ ।

सोमवार दिउँसो ३ बजे प्रचण्ड निवास खुमलटार पुगेका अनिलले प्रचण्डसँग ४५ मिनेट गोप्य वार्ता गरेका थिए । वार्तामा दुबै मधेसी नेता पनि सहभागी थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार