
माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्भ धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटकाे भ्रमण गरेका छन् ।
भरतपुर महानगरकाे परिषदलाई उद्घाटन गर्न चितवन गएका प्रचण्डले बिहीबार बेलुका परिवारसहित देवघाट भ्रमण गरेका हुन्। भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुकाे अवलाेकन गरे।
दाहाल पत्नी सिता दाहाल र छोरी मेयर रेणु दाहालका पनि साथमा थिइन ।
साे क्रममा प्रचण्डले स्थानीय र देवघाटधामका बटुकहरुसँग फाेटाे खिचे, साथै व्यवस्थापन समितिका पदाधिकारीहरुसँग संक्षिप्त अन्तरक्रिया पनि गरे ।
भ्रमणका क्रममा प्रचण्डले देवघाटलाई नेपालकाे धार्मिक पर्यटनकाे केन्द्र बनाउन अाफूले सक्दाे पहल गर्ने बताएका थिए ।







